मोरङ सुगर मिल्सको वार्षिक साधारण सभा हुँदै, कहिले कहाँ ?

विहीबार, ०८ माघ २०७७, ११ : ३८

काठमाडौं- मोरङ सुगर मिल्स लिमिटेडले साधारण सभा गर्ने भएको छ । कम्पनीले फागुन २ गते आफ्नो ५२औं वार्षिक साधारण सभा कम्पनीले होटल रत्ना, विराटनगरमा बिहान ११।३० बजेका लागि सभा बोलाएको हो । 

कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले साभा गर्ने निर्णय गरेको थियो । साधारण सभाको प्रस्तावमा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने रहेको छ । 

त्यस्तै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने साथै शेयरधनी तर्फका दुई जना सञ्चालकको निर्वाचन गर्ने कम्पनीले जनाएका छ ।  

विहीबार, ०८ माघ २०७७, ११ : ३८

प्रतिक्रिया