काठमाडौँ । नेपालका लेग स्पेनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ ।
यता दिल्ली क्यापिटल्सले फुकुवा गरेपछी सन्दीपले आफुलाई खेल्ने अवसर दिएकोमा दिल्ली क्यापिटललाई धन्यवाद दिएका छन् । साथै उनले दिल्लीका पूर्वसिइयो हेमन्त दुआको नामै लिएर उनलाई धन्यवाद दिएका छन्।
एक ट्विट गर्दै सन्दीपले लेखेका छन् ‘आइपिएलले मलाई धेरै नै दिएको छ । विशेष गरी दिल्ली क्यापिटल्सले मलाई विश्वास गर्यो र मलाई ब्रेक दियो’ सन्दीपले भनेका छन्, सबै दिल्ली क्यापिटलस परिवारलाई धेरै धेरे धन्यवाद दिन्छु । तीन वर्ष निकै यादगार रह्यो ।’
आफूलाई पहिलो पटक टिममा लिएकोमातत्कालीन दिल्ली डेयरडेभिल्सका सिइओ हेमन्त दुआप्रति उनले विशेष आभार प्रकट गरेका छन् ।
सन्दीपले आइपिएल खेल्दा र प्रशिक्षण गर्दाका आफ्ना केही तस्वीरसमेत सेयर गरेका छन् ।
प्रतिक्रिया