क्रिस्टियानो रोनाल्डोले बनाए नँया विश्वकीर्तिमान !

३ बर्ष अगाडि


 क्रिस्टियानो रोनाल्डो  फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बुधबारको खेलमा नेपोलीलाई २–० ले हराउँदै युभेन्ट्सले सुपर कप जित्दा रोनाल्डोले पहिलो गोल गरेका थिए । विभिन्न क्लब र पोर्चुगलका लागि गर्दै उनको गोल संख्या ७ सय ६० पुगेको छ । रोनाल्डोले ६४ औं मिनेटमा गोल गर्दै कीर्तिमानी बनाएका थिए ।

रोनाल्डोले जोसेफ विकानको ७ सय ५९ को कीर्तिमानलाई तोडेका हुन् । विकानले सन् १९३१ देखि १९५५ को बीचमा त्यो गोल गरेका थिए । अझै केहि वर्ष राष्ट्रिय टोली र क्लबबाट खेल्ने भएकोले रोनाल्डोले फुटबलबाट सन्यास लिदा उनीको गोलसंख्या अझै बढ्नेछ ।

जनवरी ३ मा युडिनेसीविरुद्ध ४–१ को जितमा गोल गर्दै उनले ब्राजिलियन विश्व कप विजेता पेले ९७ सय ५७० को कीर्तिमानसँग बराबरी गरेका थिए । जनवरी १० मा सासोउलोविरुद्ध ३–१ को जित हासिल गर्दै रोनाल्डोले सर्वाधिक गोलकर्तामा आफूलाई दोस्रो स्थानमा उभ्याएका थिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया