नेपालमा बढ्यो यमाहा मोटरसाइकल तथा स्कुटरको मूल्य, कस्तो छ नयाँ मुल्यसुची ?

शुक्रबार, ०९ माघ २०७७, ०७ : ३७

काठमाडौं - नेपालमा यमाहा मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ । नेपालका लागि यमाहा मोटरसाइकलको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले बाइकको  मूल्य बढाइको हो । 

कम्पनीले सार्वजनिक गरेको मुल्यसूची अनुसार एमटी १५ र आर १५ भी ३ को मूल्यमा ८ हजार रुपैयाँले बढेको छ । त्यस्तै एफजेडएस भी ३ को मूल्यमा ६ हजार रुपैयाँले वृद्धि भएको छ । 

यमाहा रेजेडआर १२५ एफआई स्कुटरको मूल्य ७ हजार र रेजेडआर १२५ एफआइको मूल्यमा ५ हजार रुपैयाँले बढेको छ । फसिनो १२५, सलुटो, एसजेडआरआर, एफजेडएस भी २ , भी ३, एमटी १५ एफजेडएस २५ लगायत अन्य मोडलको समेत मूल्य बढेको कम्पनीले जनाएको छ ।

 

शुक्रबार, ०९ माघ २०७७, ०७ : ३७

प्रतिक्रिया