नेपालमा प्रतिकिलो ८ हजार ५ सय पर्ने दही भित्रिएको छ । गएको साउन देखि पुस सम्मको अवधिमा भारतबाट ५ किलो सो दही ल्याइएको हो ।
भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार भारतबाट नेपालमा ५ किलो योगर्ट (फलफूल, चकलेट, गुलियो आदि हालेर बनाएको दही) ल्याइएको छ। पाँच केजी दहीलाई ४३ हजार तिरेर ल्याइएको छ । उक्त ५ किलो दही ल्याउनका लागि भन्सार महसुल तथा अग्रिम आयकर गरी पैठारीकर्ताले १३ हजार भन्सार तिरेको देखिन्छ ।
त्यस्तै सोही प्रकारको दही सिँगापुर र स्पेनबाट पनि यो ६ महिनाको अवधिमा भित्रिएको छ । यद्यपी भारतबाट ल्याएको भन्दा भन्दा सँगापुर र स्पेनबाट ल्याएको दहीको मूल्य निकै सस्तो छ ।
स्पेनबाट २४ केजी सोही प्रकारको दही ३२ हजारमा ल्याइएको छ । उक्त तथ्यांक अनुसार सिंगापुरबाट भित्र्याइएको दहीको मूल्य प्रतिकेजी १ हजार ३३४ जति परेको छ । आयातकर्ताले १० हजार भन्सार तिरेको रेकर्ड छ ।
स्पेनबाट ल्याएको दही त्यो भन्दा पनि सस्तो छ । स्पेनबाट रु २७ लाख ५५ हजारमा १० हजार ४ सय ९८ केजी दही ल्याइएको छ । त्यसको मूल्य प्रतिकेजी रु २ सय ६३ जति पर्न जान्छ । आयत कर्ताले स्पेनबाट भित्र्याएको दहीको भन्सार ८ लाख २५ हजार तिरेका छन् ।
प्रतिक्रिया