६ महिनामा १२ करोड ८७ लाख लिपस्टिक लगाउँछन नेपाली

शुक्रबार, ०९ माघ २०७७, ०८ : २७

काठमाडौं-चालु आर्थिक वर्षको पुष महिना सम्ममा विभिन्न देशहरूबाट नेपालमा १२ करोड ८७ लाख रुपैयाँ बढिको महिलाहरूले श्रीङ्गारको लागि प्रयोग गर्ने लिपस्टिक आयात भएको छ । भन्सार विभागको तथ्याङ्कले यस्तो देखाए हो ।
 
तथ्याङ्क अनुसार सबभन्दा धेरै भारतबाट ७ करोड २० लाख ७ हजार बराबरको ४१ हजार ५३४ केजी र ४ हजार ८७ पिस लिपस्टिक आयात भएको छ । 

त्यस्तै चीनबाट ४ करोड  १ लाख ७५ हजार रुपैयाँ, जर्मनीबाट ७९ लाख ८६ हजार रुपैयाँ बराबरको ४६२ केजी, इटालीबाट १९ लाख ६४ हजार रुपैयाँ बराबरको ९० केजी र १ पिस लिपस्टिक आयात भएको छ । 

चालु आवको समीक्षा अवधिमा नै अमेरिकाबाट १३ लाख ७५ हजार रुपैयाँ बराबरको १ सय १० केजी लिपस्टिक आयात भएको छ भने पोल्यान्डबाट १२ लाख १२ हजार रुपैयाँ बराबरको १ सय १४ केजी र थाइल्याण्डबाट ३ लाख ८६ हजार रुपैयाँ बराबरको लिपस्टिक आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । 

यस्तै विभिन्न देशहरू ताइवान, मलेसिया, डेनमार्क, बेलायत, अस्ट्रेलिया, इरान, क्यानडा, कोरिया, जापान, हङकङबाट पनि लिपस्ट्रिक आयत भएको तथ्याङ्कले देखाएको छ । 

विभागको तथ्याङ्कअनुसार चालु आवको पुस महिना सम्ममा उक्त देशहरूबाट जम्मा १२ करोड ८७ लाख ४९ हजार रुपैयाँ बराबरको १ लाख २ हजार ७२९ केजी र १ लाख ७१ हजार ८८ पिस लिपस्टिक आयात भएको भन्सार विभागले जनाएको छ । 

शुक्रबार, ०९ माघ २०७७, ०८ : २७

प्रतिक्रिया