सोमबार पनि घट्यो सुनको मुल्य, चाँदीको मुल्य भने स्थिर

सोमबार, १२ माघ २०७७, १० : ५१

काठमाडौं- नेपाली बजारमा सोमबार पनि सुनको मुल्य घटेको छ ।

हिजो प्रतितोला ९२ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य सोमबार ९२ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ९१ हजार ९०० रुपैंयामा कारोबार हुने भएको छ ।

यस्तै सोमबार पनि चाँदीको मुल्य स्थिर रही १२ सय ६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

सोमबार, १२ माघ २०७७, १० : ५१

प्रतिक्रिया