मंगलबार तोलामा ४०० ले बढ्यो सुनको मुल्य, चाँदीको मुल्यमा भने गिरावट

मंगलबार, १३ माघ २०७७, ११ : ०२

काठमाडौं-  नेपाली बजारमा मंगलबार सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला ९२ हजार ४०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ४०० रुपैंयाले बढेर प्रतितोला ९२ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य भने ९२ हजार ३०० रुपैंया रहेको छ ।
 
यस्तै चाँदी मुल्य तोलामा ५ रुपैंयाले घटेर प्रतितोला १२ सय ५५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

मंगलबार, १३ माघ २०७७, ११ : ०२

प्रतिक्रिया