नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा अग्रवाल चयन भएका छन् । बाणिज्य महासंघको कार्यकारिणी समिती सदस्य तथा राजस्व समितिको सभापतिमा सन्दीपकुमार अग्रवाल चयन भएका हुन् ।
त्यस्तै पूर्पकारिणी समिति सदस्यमा कृष्ण प्रसाद दुलाल नीरञ्जन श्रेष्ठ , समिति सदस्यमा गोविन्द ढुंगेल, फ्रेट फरवार्डर एसोसिएन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रैला र नेपाल अैषधि उत्पादन संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहाल चुनीएका छन् ।
समितिको आमन्त्रित सदस्यमा महासंघको उद्योग समिति सभापति भरतराज आचार्य, निर्यात प्रवद्र्धन समितिका सभापति मनीषलाल प्रधान व्यापार समितिका सभापति विजय सिंह वैद्य, अन्तराष्ट्रिय लगानी प्रवद्धन समितिका सभापति आनन्दकुमार वगाडिया , बैक, बित्तीय तथा बिमा समितिका सभापति साहील अग्रवाल रहेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा विभिन्न जिम्बेवारीमा चयन भएका हरुलाई औपचारीक पत्र हस्तान्तरण गरेका छन् ।
प्रतिक्रिया