सुनको आयात ह्वात्तै बढ्यो, छ महिनामा कति भित्रियो ?

मंगलबार, १३ माघ २०७७, १३ : ११

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालमा रु. १२ अर्ब २१ करोड ३६ लाख बराबरको सुन भित्रिएको छ । व्यापार तथा निकाशी प्रवद्र्धन केन्द्रको पुस महिनासम्मको तथ्यांकले यस्तो देखाएको हो । 
केन्द्रकाअनुसार यस अवधीमा सुनको आयात ५२.५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधीमा भने रु. ८ अर्ब ८० लाख को सुन आयात भएको थियो । गत आवभरमा भने रु. १३ अर्ब ६३ करोड बराबरको सुन आयात भएका थियो । 
सुनको मुल्य बढ्दा र लकडाउनका कारण गत आवदेखि नै यसको आयात ह्वात्तै घटेको थियो । तर, अहिले मुल्य उच्च मात्रामा नै भएपनि यसको कारोबार हुदाँ आयात पनि बढेको बताइएको छ । 
 

मंगलबार, १३ माघ २०७७, १३ : ११

प्रतिक्रिया