औषधीको आयात घट्यो, ६ महिनामा करिब १४ अर्बको मात्र आयत

मंगलबार, १३ माघ २०७७, १४ : २०

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालमा औषधीको आायत घटेको छ । यस अवधीमा औषधीको आयात १६ प्रतिशतले घटेको हो ।
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको पुससम्मको तथ्यांकले यस्तो देखाएको हो ।

समिक्षा अवधीमा १३ अर्ब ७६ करोड ८५ लाखको औषधी आयात भएको छ । गत आवको सोही अवधीमा भने १६ अर्ब ३९ करोड रुपैयाँको औषधी आयात भएको थियो । गत आर्थिक बर्षभर भने २८ अर्ब १८ करोड २५ लाखको औषधी आयात भएको केन्द्रको भनाइ छ । 

मंगलबार, १३ माघ २०७७, १४ : २०

प्रतिक्रिया