६ महिनामा ९५ करोड ४ लाख बढिको चाउचाउ, पास्ता निर्यात

बुधबार, १४ माघ २०७७, १२ : ३९

काठमाडौं - चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा नेपालबाट विभिन्न देशहरूमा ९५ करोड ४ लाख बढिको चाउचाउ, पास्ता निर्यात भएको छ । ब्यापार तथा निकासी प्रबर्द्धन कार्यालयको तथ्याङ्कले यस्तो देखाएको हो ।
 
तथ्याङ्क अनुसार चाउचाउ, पास्ताको निर्यात ३४.२४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा ९५ करोड ४ लाख ३९ हजार रुपैयाँ बराबरको चाउचाउ, पास्ता निर्यात भएको छ । गत वर्षको यही अवधिमा ५८ करोड १८ लाख ५७ हजार रुपैयाँ बराबरको चाउचाउ पास्ता निर्यात भएको थियो । 

त्यस्तै गत आर्थिक वर्षमा १ अर्ब ९८ करोड ५२ लाख २६ हजार रुपैयाँ बराबरको चाउचाउ, पास्ता निर्यात भएको व्यापार तथा निकास प्रर्वद्धन कार्यालयले जनाएको छ । 
 

बुधबार, १४ माघ २०७७, १२ : ३९

प्रतिक्रिया