प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटको पहिलो सेमिफाइनलमा नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ क्लब बिच प्रतीश्पर्धा भईरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा डिफेन्डिङ च्याम्पियन पुलिसले २०४ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन बनाउन सक्यो।
एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन बनाउँदा भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवाष खकुरेल र कमलसिंह ऐरीले समान १९–१९ रन बनाए। बलिङतर्फ पुलिसका आरिफ शेखले १० ओभरमा एक मेडनसहित ३१ रन खर्चिएर तीन विकेट लिए।
ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए। पुलिसलाई सर्वाधिक तीन विकेट दिलाएका आरिफ शेख भने घाइते हुँदै मैदानबाट बाहिरिएका छन्।
फिल्डिङ गर्ने क्रममा उनको खुट्टामा चोट लागेको थियो। उपचारका लागि उनलाई एम्बुलेन्समा हालेर लगिएको छ। सामान्य विजयी लक्ष्य पछ्याउँदै नेपाल पुलिस क्लबले जवाफी ब्याटिङ थालेको छ। दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र आर्मीबीच बिहीबार (भोलि) फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया