६ महिनामा २ अर्ब ७७ करोड बढीको चिया निर्यात

बुधबार, १४ माघ २०७७, १३ : २८

काठमाडौं - चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा नेपालबाट विभिन्न देशहरूमा २ अर्ब ७७ करोड बढिको चिया निर्यात भएको छ । व्यापार तथा निकासी प्रबर्द्धन कार्यालयको तथ्याङ्कले यस्तो देखाएको हो । 

तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको समीक्षा अवधिमा २ अर्ब ७७ करोड ५३ लाख ९७ हजार रुपैयाँ बराबरको ८७ लाख ८५ हजार ७२३ केजी चिया निर्यात भएको छ । गत वर्षको यही अवधिमा १ अर्ब ६५ करोड ६९ लाख ६८ हजार रुपैयाँ बराबरको ६७ लाख २२ हजार १९० केजी चिया निर्यात भएको थियो । गत वर्षको यही अवधिको तुलनामा यो वर्ष चिया निर्यातमा ६७.५० प्रतिशतले बढेको छ । 

त्यस्तै गत आर्थिक वर्षमा २ अर्ब ७८ करोड २८ लाख ४१ हजार रुपैयाँ बराबरको  चिया निर्यात भएको व्यापार तथा निकासी प्रर्वद्धन कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष भरिमा निर्यात भएको चिया यस वर्षको ६ महिनामा नै निर्यात भएको तथ्याङ्कले देखाएको छ । 
 

बुधबार, १४ माघ २०७७, १३ : २८

प्रतिक्रिया