शीर्ष स्थानमा उक्लियो म्यान्चेस्टर सिटी

बुधबार, १४ माघ २०७७, १४ : २२

म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा आएको छ  ।गएराति भएको खेलमा  वेष्ट ब्रोमलाई ५–० ले हराउदैँ सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । 

खेलमा  इके गुन्डोगानले २ गोल गर्दा होवाँ क्यान्सेलो, रियाद माहारेज र राहिम स्टर्लीङले १–१ गोल गरे । जितसँगै सिटीले शीर्ष स्थानमा रहेको डर्बे क्लब म्यान्चेस्टर युनाईटेडलाई उछिनेको हो ।

१९ खेलबाट सिटीको ४१ अंक छ भने युनाईटेडको ४० अंक छ । लिगअन्तर्गत गएराति भएको अर्को खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–१ ले हराएको छ । 

आर्सनलको जितमा बकायो साका, निकोलस पेपे र अलेक्जेण्डर लाकाजेट्को एक एक गोल सामेल थियो । जितपछि आर्सनल २० खेलबाट ३० अंक जोड्दै तालिकाका आठौं स्थानमा उक्लिएको छ ।

बुधबार, १४ माघ २०७७, १४ : २२

प्रतिक्रिया