इण्डियन प्रिमियर लिग लिलामीको मिति सार्वजनिक, कती खेलाडी रिलिज भए ?

बुधबार, १४ माघ २०७७, १६ : १८

इण्डियन प्रिमियर लिग ( आइ पी एल) को लिलामीको मिति  तोकिएको छ । आइ पी एल १४ औं संस्करण लिलामीका लागि मिनी अक्सनको मिति र स्थान तोकीएको हो । 

आइ पी एलले एक ट्विट गर्दै  मिनी अक्सन १८ फेब्रुअरी  चेन्नइमा हुने बताएको छ । आइपिएलको आयोजनाको लागि पहिलो रोजाइको रुपमा भारतलाई राखिएको छ भने दोस्रो विकल्पको रुपमा युएइलाई राखिएको छ ।  

आइपिएलका ८ फ्रेन्चाइजीहरुले जम्मा १ सय ३९ खेलाडी मध्ये कूल ५७ खेलाडी रिलिज गरेका छन् । राजस्थान रोयल्सले कप्तान स्टिभ स्मिथ र किंग्स ११ पंजाबले ग्लेन म्याक्सवेललाई रिलिज गरेका छन् । 
रोयल च्यालेन्जर्स बैंगलोरले १०, पंजाबले ९, राजस्थानले ८, मुम्बइले ७, चेन्नइ, कोलकाता र दिल्लीले ६–६ र हैदराबादले ५ खेलाडी रिलिज गरेका छन् । 

बुधबार, १४ माघ २०७७, १६ : १८

प्रतिक्रिया