एपीएफ क्लब फाइनलमा प्रवेश

बुधबार, १४ माघ २०७७, १६ : ४८

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको एपीएफ क्लब फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ प्रतियोगिताको फाइनलमा पुगेको हो ।

एपीएफको २०४ रनको लक्ष्य पाएको  पुलिसले  ४९.२ ओभरमा अल आउट हुदै १७३ रन बनाएको छ  ।पुलिसका लागि पवन सराफले सर्बाधिक ४० रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३३, रशिद खानले ३४ रन,  अनिल शाहले २१ रन, आरिफ सेखले १६ तथा सागर ढकालले ११ रन बनाएका थिए ।

त्यस्तै एपीएफका  भुवन कार्कीले ४ विकेट लिए भने, कमल ऐरी, अविनाश बोहोरा र शरद भेस्वाकरले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २०४ रनको लक्ष्य दिएको थियो । एपीएफले ५० ओभरमा ९ विकेट गुमाउदै २०३ रन बनाएको हो ।एपीएफका लागि शंकर रानाले सर्बाधिक ४४ रन बनाएका थिए भने भुवन कार्कीले ४२ रन बनाएका थिए ।

 सन्दीप जोराले ३४ रनको योगदान दिए भने सुबास खकुरेल र कमल ऐरीले १९१९ र कप्तान शरद भेस्वाकरले १८ रन बनाए । त्यस्तै अविनाश बोहोराले अविजित ११ रन बनाएका थिए ।

त्यसैगरी पुलिस क्लबका बलर आरिफ सेखले ३ विकेट लिएका थिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २(२ विकेट लिएका थिए । त्यस्तै रशिद खान र सागर ढकालले एक एक विकेट लिएका थिए । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच विहिबार हुने छ ।पिएम कपको फाइनल खेल आगामी शनिबार हुदै छ ।
 

बुधबार, १४ माघ २०७७, १६ : ४८

प्रतिक्रिया