काठमाडौं - चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा नेपालबाट विभिन्न देशहरूमा ९६ करोड ८ लाख बढीको जडिबुटी औषधि निर्यात भएको छ । व्यापार तथा निकासी प्रबर्द्धन कार्यालयको तथ्याङ्कले यस्तो देखाएको हो ।
तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको समीक्षा अवधिमा ९६ करोड ८ लाख ४६ हजार रुपैयाँ बराबरको जडिबुटी औषधि निर्यात भएको छ ।
गत वर्षको यही अवधिमा ७१ करोड ५७ लाख ८८ हजार रुपैयाँ बराबरको जडिबुटी औषधि निर्यात भएको थियो गत वर्षको यही अवधिको तुलनामा यो वर्ष जडिबुटी औषधि निर्यातमा ३४.२४ प्रतिशतले बढेको हो ।
त्यस्तै गत आर्थिक वर्षमा १ अर्ब ५६ करोड ५१ लाख ४६ हजार रुपैयाँ बराबरको जडिबुटी औषधि निर्यात भएको व्यापार तथा निकास प्रर्वद्धन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया