काठमाडौं - नेपाल रत्न तथा आभूषण संघले गर गहना बनाउनका लागि ट्रेनिङ सेन्टर सञ्चालन गर्ने भएको छ । आउँदो तीन महिना भित्र जेम स्थापना गरी सेन्टर सञ्चालनमा ल्याउने भएको हो ।
स्वदेशमा नै रोजगारीको सिर्जना गर्ने उद्देश्यले सेन्टरको स्थापना गर्न लागिएको संघले जनाएको छ । साथै व्यवसायीहरूका लागि आवश्यक सुन पर्याप्त मात्रामा उपलब्ध गराउँने पनि संघले जनाएको छ ।
त्यस्तै सुनचाँदीको दर भाउ सबै सङ्गठनले एकै पटक एउटै मूल्य तोक्नका लागि आवश्यक सहकार्य गरिने जनाइएको छ ।
प्रतिक्रिया