दक्षिण अफ्रिकाका तीब्र बलर कागिसो राबाडाले टेस्ट क्रिकेट करियरमा २०० औँ विकेट लिएका छन् । कराँचीमा जारी घरेलु टिम पाकिस्तानविरुद्धको पहिलो टेस्टमा रबाडाले हसन अलीलाई आउट गर्दै २०० औँ विकेट पुरा गरेका हुन् ।
रबाडाले ४४ औँ खेलमा २०० विकेट प्राप्त गरेका हुन् भने उनी दक्षिण अफ्रिकाबाट २०० औँ विकेट लिने आठौँ खेलाडी हुन् ।
दक्षिण अफ्रिकाबाट डेल स्टेयन ४३९, शन पोलक ४२१, मखाया एनटिनी ३९०, एलन डोनाल्ड ३३०, मोर्ने मोर्केल ३०९, ज्याक कालिस २९१ र भेरनोन फिलान्डर २२४ ले टेस्ट त्रिकेटमा राबाडाले भन्दा धेरै विकेट लिएका छन् ।
प्रतिक्रिया