६ महिनामा दुई बस्तुको निर्यात शतप्रतिशत घट्यो

विहीबार, १५ माघ २०७७, १५ : ३८

काठमाडौं - चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा दुई वटा बस्तुको निर्यात शतप्रतिशत मात्रामा घटेको छ । 

पाम तेल र तामाको सामाग्री निर्यातमा शतप्रतिशत घटेको छ । व्यापार तथा निकासी प्रर्वद्धन कार्यालयले हालै सार्वजनिक गरेको पुससम्मको तथ्यांकले यस्तो देखाएको हो । 

तथ्याङ्कअनुसार चालु आवको समीक्षा अवधिमा ४ लाख ४३ हजार रुपैयाँ बराबरको मात्र पाम तेल निर्यात भएको छ । गत आवको सोही अवधीमा १३ अर्ब ८९ करोड ६७ लाख ४२ हजार रुपैयाँ बराबरको पाम तेल निर्यात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष शतप्रतिशत पाम तेल निर्यात घटेको हो ।

गत आर्थिक वर्षमा सबभन्दा धेरै नेपालबाट पाम तेल निर्यात भएको थियो । विषेश गरि भारतमा यो तेल निर्यात भएको थियो । तर, भारतले गत आर्थिक वर्षको बैशाखदेखि पाम तेल आयातमा प्रतिबन्ध लगाए पछि यसको निर्यात नगन्य मात्रामा मात्र भएको व्यापार तथा निकासी प्रर्वद्धन कार्यालयले जनाएको छ । 

त्यस्तै चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा तामाका सामानहरू निर्यात नै भएको छैन । गत आर्थिक वर्षको यही अवधिमा ४८ करोड ३१ लाख ५४ हजार रुपैयाँ बराबरको तामाका सामानहरू निर्यात भएको थियो । यो वर्ष तामाका सामानहरूको  निर्यात नै नभएको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र कार्यालयले जनाएको छ । 

विहीबार, १५ माघ २०७७, १५ : ३८

प्रतिक्रिया