टी–१० क्रिकेट लिगमा नेपालका क्रिकेटर सोमपाल कामीले २८ रन दिएका छन् ।दुवईमा आजदेखि शुरु भएको टी–१० क्रिकेट लिगमा डेभ्यु गरेका कामीले २ ओभर बलिङ गर्दै २८ रन दिएका हुन् ।
मारठा अरेबियन्सबाट खेलेका कामी पहिलो खेलमा प्लेइङ इलेभेनमा परेका हुन् ।
कामीले आफ्नो पहिलो खेलमा विकेट नलिएपनि एक क्याच भने लिएका थिए ।
टस हारेर पहिला ब्याटिंग गरेको वारियर्सले १० ओभरमा २ विकेट गुमाउदै १२७ रन बनाएको थियो ।
प्रतिक्रिया