मराठा अरेबियन्सले टी–१० क्रिकेट लिगको उद्घाटन खेल जितेको छ । दुवईमा आजदेखि शुरु भएको टी–१० क्रिकेट लिगमा अरेबियन्सले पहिलो खेलमा नर्थर्न वारियर्सलाई ५ विकटले पराजित गरेको हो ।
वारियर्सले दिएको १२८ रनको लक्ष्य पछाएको अरेबियन्सले१० ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वारियर्सले १० ओभरमा २ विकेट गुमाउदै १२७ रन बनाएको थियो ।
नेपाली अलराउन्डर सोमपाल कामीले टी(१० लिगमा डेभ्यु गर्दै औसत शुरुवात गरे ।सोमपालले पहिलो खेलमा नर्थर्न वारियर्सविरुद्ध २ ओभर बलिङ गर्दै २८ रन दिएका छन् ।
प्रतिक्रिया