शुक्रबार सुनको मुल्य यथावत,चाँदीको मुल्य भने ह्वात्तै बढ्यो

शुक्रबार, १६ माघ २०७७, १० : ५६

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मुल्य यथावत रहेको छ । 

हिजो बिहीबार प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मुल्य आज पनि यथावत रही ९२ हजारमा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५०० रुपैंया रहेको छ ।

यस्तै शुक्रबार चाँदीको मुल्य भने ह्वात्तै बढेर १२ सय ८५ रुपैैंया कायम भएको महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य १२ सय ४५ रुपैंया रहेको थियो ।
 

शुक्रबार, १६ माघ २०७७, १० : ५६

प्रतिक्रिया