टि–१० लिग : तीन नेपाली खेलाडीको  मैदान उत्रिने सम्भावना धेरै

शुक्रबार, १६ माघ २०७७, १४ : ४७

युएईमा जारी टि–१० क्रिकेट लिगमा  आज तीन खेल हुँदै छ ।युएईको आबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा करण केसी सम्मिलित पुणे डेभिल्स कलन्दर्स सँग भिड्नेछ ।

पुणे डेभिल्सले पहिलो खेलमा डेक्कन ग्याडिएटर्सलाई ७ विकेटले पराजित गरेको थियो ।  खेलमा एक ओभर बलिङ गर्ने मौका पाएका करणले विना कुनै विकेट १७ रन खर्चिएका थिए । खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे हुनेछ । 

यस्तै आजै हुने दोस्रो खेलमा सोमपाल सम्मिलित मराठा अरेवियन्स र दिल्ली बुल्स भिड्नेछन् ।अरेवियन्सले पहिलो खेलमा नर्दन वारियर्सलाई ५ विकेटले पराजित गरेको थियो । सोमपालले खेलको पहिलो र अन्तिम ओभरमा  २८ रन बनाएका थिइ । दिल्लीले पहिलो खेलमा बंगाल टाइगर्सलाई ७ विकेटले पराजित गरेको थियो । खेल नेपाली समय अनुसार राति ८ बजे हुने 

राति पौने १० बजे हुने खेलमा कुशल मल्ल सम्मिलित टिम अबुधाबीले डेक्कन ग्याडिएटर्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टिमका पुर्वकप्तान पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टरका रूपमा टिम अबुधाबीसँग जोडिएका छन् । 

शुक्रबार, १६ माघ २०७७, १४ : ४७

प्रतिक्रिया