चन्द्रपुरमाथि त्रिभुवन आर्मीको १० गोल

शुक्रबार, १६ माघ २०७७, १७ : ४९

काठमाडौं - त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग अन्तर्गत शुक्रबार चन्द्रपुर नगरपालिकामाथि १०-० को फराकिलो जित हासिल गरेको छ ।

पहिलो हाफमा ४-० ले अघि रहेको आर्मीले दोस्रो हाफमा ६ गोल थप्न सफल भएको थियो । खेलको तेस्रो मिनेटमा नै विमला चौधरीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । शर्मिला थापाले १५ औं मिनेटमा अग्रता दोब्बर पारिन् ।

३५ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै ३-० ले अघि बढाइन । पहिलो हाफको अन्तिम मिनेटमा सपना लामाले गोल गर्दै आर्मीलाई ४-० को अग्रता दिलाइन ।

५१ औं मिनेटमा विमलाको क्रसमा हेडरमार्फत गोल गर्दै शर्मिलाले ह्याट्रिक पुरा गरिन् । जारी लिगको यो आठौं ह्याट्रिक थियो । 

त्यसपछि रश्मीले ७ मिनेटको अन्तरमा तीन गोल गर्दै लिगको नवौं ह्याट्रिक पूरा गरिन् । रश्मीले ५९ औं, ६२ औं र ६६ औं मिनेटमा गोल गरेकी थिइन् ।

६४ औं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीलाई ९-० ले अघि बढाएकी थिइन् भने ८४ औं मिनेटमा रश्मीले गोल गर्दै आर्मीलाई १०-० को ले अगाडी राखिन् । यो सँगै चन्द्रपुर नगरपालिका त्रिभुवन आर्मी क्लब सँग १०-० को अन्तरले पराजिच भएको हो । 

यस जितसँगै आर्मीको ४ खेलमा ७ अंक भएको छ । लिगको दोस्रो स्थानमा रहेको आर्मी एपिएफभन्दा ५ अंकले पछि छ । चन्द्रपुर भने ४ खेलमा ३ अंकसाथ पुछारबाट दोस्रो स्थानमा छ ।

शुक्रबार, १६ माघ २०७७, १७ : ४९

प्रतिक्रिया