लियोन फ्रेञ्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा ब्रोडेक्सलाई २–१ गोलले हराउँदै लियोन शीर्ष स्थानमा उक्लिएको हो । लियोनका लागी कार्ल एकाम्बी र लियो डुबोइजले गोल गरे । ब्रोडेक्सका लागि स्यामुएल कलुले एक गोल फर्काए ।
एकाम्बीले ३२ औँ मिनेटमा गोल गरे । दोस्रो हाफमा ब्रोडेक्सका लागि कलुले बराबरी गोल फर्काए । ९० मिनेटसम्म बराबरीउन्मुख खेलमा अतिरिक्त समयको ९२ औँ मिनेटमा लियोले गोल गर्दै टिमलाई जिताएका हुन् ।
जितसँगै लियोन २२ खेलबाट ४६ अंकसहित फ्रेञ्च लिग वानको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको पीएसजी ४५ अंकसहित दोस्रो स्थानमा छ । ब्रोडेक्स भने ३२ अंकसहित सातौ स्थानमा छ ।
प्रतिक्रिया