फुटबलरद्वय ज्लाटान इब्राहिभोमिक र रोमियो लुकाकुमाथि एक खेल माथी प्रतिबन्ध लागेको छ । मंगलबार कोपा इटालिया फुटबल खेल मैदानमै झगडा गरेका उनीहरुलाई प्रतिबन्ध लागेको हो ।
एसी मिलानका स्विडिस स्टार इब्राहिभोमिकले यस खेलमा इन्टर मिलानका बेल्जियन स्टार लुकाकुुलाई गधा भनेका थिए । यता, लुकाकुले पनि इब्राहिभोमिक र उनकी पत्नी समेतलाई गाली दिएका थिए । त्यसपछि रेफ्रीले दुुबै खेलाडीलाई पहेंलो कार्ड देखाएका थिए ।
दुुबै खेलाडी अपशब्द प्रयोग गर्दै एकअर्कासँग झगडा गरिरहेको भिडियो फुटेज भाइरल बनेको थियो । कतिपय समर्थकहरुले लुकाकुविरुद्ध इब्राहिभोमिकले रंगभेदी टिप्पणी गरेको आरोप समेत लगाएका थिए । विवादअघिसम्म यस खेलमा इब्राभोमिकको गोलमार्फत एसी मिलान एक शुन्यले अघि थियो । तर, दोस्रो हाफमा फल खेलेपछि लगातार दोस्रो पहेंलो कार्ड ९रातो कार्ड० खाएका इब्राभोमिक मैदान छाड्न बाध्य भए ।
त्यसपछि लुकाकुले गोल गर्दै इन्टरलाई बराबरीको अवस्थामा फर्काए । खेलको स्टपेज समयमा क्रिष्ट्रियन इरिक्सनले गोल गर्दा इन्टरले खेल २–१ ले जित्यो ।
प्रतिक्रिया