प्रधानमन्त्री कपको उपाधी त्रिभुवन आर्मी क्लबलाई

शनिबार, १७ माघ २०७७, १७ : ०४

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको  उपाधि त्रिभुवन आर्मी क्लबले  जितेको छ ।शनिबार भएको फाइनलमा एपीएफ क्लबलाई ३४ रनले पराजित गर्दै आर्मीले उपाधी हात पारेको  हो । विजेता आर्मीले दश लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गरेका छन्  ।

  
 टस हारेर ब्याटिङ गरेको आर्मीले ५० ओभरमा नौ विकेट गुमाएर दुइ सय ११ रन बनाएको थियो । आर्मीको पारीमा हरि चौहानले अर्धशतकिय पारी खेले । आर्मीले आज अनिल मण्डलको साथमा बलर सुसन भारीलाई ओपनिङमा पठाएको थियो । पहिलो विकेटका लागि अनिल र भारीले ३२ रनको साझेदारी गरेका थिए  । नवौ ओभरको अन्तिम वलमा भारीलाई १३ रनमा आउट गर्दै किशोर महतोले एपीएफलाई पहिलो सफलता दिलाएका थिए ।  

दशौं ओभरको पहिलो वलमा अनिल पनि अभिनास बोहराको वलमा क्याच आउट भए । उनी एघार रनमा पवेलियन फर्किए । भिम सार्की सात र रोहित पौडेल १३ रनमा आउट भएपछि आर्मी दवावमा आएको थियो । कप्तान विनोद भण्डारी पनि सात रनमै मैदान बाहिरिए  ।  हरिले एक सय २ रनमा ५८ रन जोडे । उनको पारीमा ६ चौका सामेल थियो । राजेश पुलामीले २८, लोकेश बलमे १५ र विक्रम सोबले ११ रन बनाए । साहब आलम २५ रनमा अविजीत रहे । उसले अतिरिक्त २३ रन पाएका् थियो । वलिङ तर्फ अभिनासले चार विकेट लिए । दश ओभरमा उनले दुइ ओभर मेडन सहित मात्र २५ रन खर्चिए  । किशोरले दुइ, कमल ऐरी, भुवन कार्की र शरद भेषावकरले एक एक विकेट लिए । जवाफमा एपीएफले ४४ दशमलब ४ ओभरमा अल आउट हुदै एक सय ७८ रन मात्र बनाउन सक्यो । 

२१ रनमा दुइ विकेट गुमाएको एपीएफलाई आशिफ सेख र शंकर रानाले सम्हाले । टिमको स्कोर २१ रन हुदा  सुबास खकुरेल १४ रनमा पहिलो विकेटका रुपमा मैदान बाहिरिए । उनको स्थानमा आएका शरद गोल्डेन डक आउट भए ।

तेस्रो विकेटका लागि आशिफ र शंकरले  ७१ रनको साझेदारी गरे । आशिफले आठ चौका र एक छक्काको मदतममा  ७१ वलमा ६१ रन बनाए  । शंकरले २१ रन जोडे । सुमित महर्जनले १९ रन   थपे ।  सन्दिप जोरा २९ रनमा सोबको वलमा म्याच आउट भए।  त्यसपछी भुवन ९, अमर रौटेला र कमल सिंह ऐरी १–१ रनमा आउट भए । आर्मीका लागि सोब र जितेन्द्र मुखियाले तीन तीन विकेट लिए  ।
 

शनिबार, १७ माघ २०७७, १७ : ०४

प्रतिक्रिया