रियल म्याड्रिड छाडेर सर्जियो रामोश युनाइटेड प्रिमियर लिगमा जाने भएका छन् । बेलायती पत्रिका मिररका अनुसार रामोश प्रिमियर लिगमा जाने भएका हुन् ।
अहिले रामोश स्पेनबाहिरको क्लबसँग कुरा गरेर पूर्वकरार सहमती गर्नका लागि तयारी गरिरहेको र उनको एजेन्ट रेने रामोशले प्रिमियर लिगलाई लक्ष्य बनाएको बताइएको छ, विशेष गरेर म्यान्चेस्टर युनाइटेडलाई ।स्पेनका डिफेन्डरलाई पेरिस सेन्ट जर्मेन र एसियाबाट अफर आए पनि उनको परिवार त्यहाँ जान तयार नरहेको कारण उनले सो प्रस्तावलाई अस्वीकार गरेको बताइन्छ ।
तर, प्रिमियर लिगमा पनि थोरै मात्र क्लबहरु रहेका छन् जो उनको तलबको मागलाई पुरा गर्न सक्छन् । ३४ वर्षीय रामोशले हाल हप्तामा २ लाख पाउन्डभन्दा बढी आम्दानी गर्छन् । रियलले त्यसमा १० प्रतिशत कम गर्न आग्रह गरेपछि उनले सो प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ ।
स्रोतलाई उद्धृत गर्दै पत्रिकाले रामोश म्यान्चेस्टर सिटी र लिभरपुल जान हाल कठिन रहेको बताए पनि कुनै क्लबको सम्भावनालाई नकार्न नसकिने बताएको छ । त्यस्तै, पूर्व म्यानेजर कार्लो एन्चेलोटी रहेको क्लब एभर्टन पनि रामोशलाई भित्र्याउन इच्छुक रहेको बताइन्छ ।
रामोशले ५ ला लिगा तथा चार च्याम्पियन्स लिगको उपाधि जितेका छन् भने एक विश्वकप र दुई युरो कप पनि उनको पोल्टामा रहेको छ ।
प्रतिक्रिया