उद्योग वाणिज्य महासंघको शहरी विकास समिति विस्तार

आइतबार, १८ माघ २०७७, ११ : ५९

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघले शहरी विकास समिति विस्तार गरेको छ । कार्यकारिणी समिति सदस्य मीनमान श्रेष्ठकोे सभापतित्वमा समिति विस्तार भएको हो । 

समितिका सह–सभापतिमा नेपाल सरकारका पूर्व सचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह चयन भएका छन् ।

साथै सदस्यहरूमा नेपाल इञ्जिनियरिङ्ग एशोसिएसन (एनईए) का पूर्व अध्यक्ष ई. ध्रुव थापा, सोसाइटी अफ नेप्लिज् आर्किटेक्टस् (सोना) का पूर्व अध्यक्ष आर्किटेक्ट स्वरूप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजङ्घा हाउजिङ्ग लिमिटेडका संचालक विनय उपाध्याय, बरीष्ठ स्ट्रक्चर ई। डा।पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका बरिष्ठ कानूनी सल्लाहकार डा।गोकुलप्रसाद बुर्लाकोटी चयन भएका छन्।

समितिका सल्लाहकारहरूमा नापी विभागका पूर्व महानिर्देशक एवं सिमाविद वुद्धिनारायण श्रेष्ठ र नागार्जुन नगरपालिका मेयर मोहन बस्नेत रहेका छन् ।

आइतबार, १८ माघ २०७७, ११ : ५९

प्रतिक्रिया