तीन टि–२० आई सिरिज : नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने, को को छन् टीममा ?

आइतबार, १८ माघ २०७७, १४ : ४१

नेपालले कतारसँग तीन टि–२० आई सिरिज खेल्नेभएका छन् । तीन खेलको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि शुक्रबार १८ सदस्यीय टोली घोषणा गरेको थियो ।

‘कतार स्पोर्ट्स डे’ को अवसरमा कतार क्रिकेट एसोसिएसको निमन्त्रणामा नेपालले तीन टि२० आई खेलको सिरिज खेल्न लागेको हो । नेपालले पहिलो खेल फेब्रुअरी ९, दोस्रो १० र अन्तिम १२ मा खेल्ने छ ।

क्यानले युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले कतार भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी दिने भएको छ । दीपेन्द्र भन्दा सिनियर खेलाडीमा विकेटकिपर विनोद भण्डारी, तीव्र गतिका बलर सोमपाल कामी र करण केसी भएपनि क्यानले ऐरीलाईनै कप्तानी दिने भएको हो  ।

दीपेन्द्रले उमेर समूहमा राष्ट्रिय टोलीको कप्तानी गरिसकेका छन् । उनकै कप्तानीमा नेपालले सन् २०१७ को यू–१९ एसिया कपमा ऐतिहासिक नतिजा हासिल गरेको थियो ।

विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, बिबेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलमलाई  बन्द प्रशिक्षणको लागि बोलाइएको छ  ।

आइतबार, १८ माघ २०७७, १४ : ४१

प्रतिक्रिया