वेष्टह्यामलाई ३-१ ले पराजित गर्दै लिभरपुल  तेस्रो स्थानमा उक्लियो

सोमबार, १९ माघ २०७७, १० : १५

काठमाडौं ।  लिभरपुलले प्रिमियर लिगमा वेष्टह्यामलाई ३-१ ले पराजित गरेको छ । सो ंजितपछि लिभरपुल अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

वेस्ट ह्यामको मैदानमा लिभरपुललाई जित दिलाउन सालाहले दुई गोल गर्दा जर्जिनियो विज्नाल्डमले एक गोल गरे । वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए ।

खेलको ५७ औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा सालाहले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै ८४ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए । ८७ औं मिनेटमा वेस्ट ह्यामका डसनले सान्त्वना गोल फर्काए ।

जितपछि २१ खेलबाट ४० अंक जोडेको लिभरपुल लेस्टर सिटीलाई पछि पार्दै  तेस्रो स्थानमा उक्लिएको छ । 

सोमबार, १९ माघ २०७७, १० : १५

प्रतिक्रिया