ला लिगा : बार्सिलोनाको लागि मेस्सीको ६५० गोल, उक्लियो दोस्रो स्थानमा

सोमबार, १९ माघ २०७७, १० : २२

काठमाडौं - बार्सिलोना स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । एथ्लेटिक विल्वाओलाई पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो । 

जितपछि बार्सिलोनाले रियल मड्रिडलाई पछि पारेको छ । खेलको २० औं मिनेटमा कप्तान लिओनल मेसीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बार्सिलोनाको लागि मेसीको यो ६५०औं गोल समेत हो ।

४९ औं मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि खेल १(१ को बराबरीमा पुग्यो । त्यसपछि ७४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई २(१ को जित दिलाए ।

जितपछि २० खेलबाट ४० अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । विल्वाओ २४ अंकसहित ११ औं स्थानमा रहेको छ ।

सोमबार, १९ माघ २०७७, १० : २२

प्रतिक्रिया