म्यानचेस्टरको गोलको बर्षा , ९–०को जित निकाल्दै दोस्रो स्थानमा उक्लियो

बुधबार, २१ माघ २०७७, १२ : २८

म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा भारि अन्तरको जित निकालेको छ ।  गएराती घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा  युनाइटडले साउथह्याम्पटनलाई ९–० गोलको विशाल अन्तरले पराजित गरेको हो ।

ओले गुनार सोल्जाकरको टोलीले पहिलो हाफमा नै चार शून्यको अग्रता लिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमा अलेक्सान्द्रे जान्कीविट्स रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि साउथह्याम्पटन दश खेलाडिमा झर्यो । १८ औं मिनेटमा आरोन वान बिस्साकाले गोलको खाता खोले । २५ औं मिनेटमा माकर्स र्यासफर्डले अग्रता दोब्बर पारे । ३४ औं मिनेटमा यान बेडनारेकले आफ्नै पोस्टमा गोल गरे । ३९ औं मिनेटमा इडिसन कभानीले आफ्नो टोलीका लाथि चौथो गोल थपे । 

उस्तै  खेल सकिन २१ मिनेट  बांकी हुदा पाँच गोल गर्यो । ६९ औं मिनेटमा एन्थोनी मार्शियल र ७१ औं मिनेटमा स्कट मेकटोमिनीले गोल गरे । ८६ औं मिनेटमा  बेडनारेक रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि साउथह्याम्पटन झन दवावमा आयो । ८७ औं मिनेटमा बुर्नो फर्नान्डेजले पेनाल्टिमा गोल गर्दा युनाइटेड सात शून्यले अघि रह्यो । ९० औं मिनेटमा मार्शियलले ब्यक्तिगत दोस्रो गोल गरे । इन्जुरी समयमा डेनिएल जेम्सको गोलसँगै युनाइटेडले फराकिलो जीत हात पार्यो ।

जीतपछि दोस्रो स्थानमा रहेको युनाइटेडको २२ खेलबाट ४४ अंक छ । लिग लिडर म्यानचेस्टर सिटीको २० खेलबाट ४४ अंक छ । साउथह्याम्पटन २१ खेलबाट २९ अंक सहित १२ औं स्थानमा छ ।

बुधबार, २१ माघ २०७७, १२ : २८

प्रतिक्रिया