रोनाल्डोको गोल सँगै युभेन्टस जीत

बुधबार, २१ माघ २०७७, १३ : ४७

कोपा इटालियाको पहिलो सेमिफाइनलमा युभेन्टसले जीत हासिल गरेको छ ।  सेमिफाइनलको पहिलो लेगमा इन्टरमिलानलाई २–१ पराजित गर्दै युभेन्टसले जीत निकालेको हो ।

इन्टरमिलानले आफ्नै घरेलु मैदानमा पहिलो हाफको नवौं मिनेटमा पहिलो गोल गरेको थियो। खेलको २५औं मिनेटमा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोल  गरेपछि खेल बराबरीमा पुग्यो ।

पहिलो हाफकै ३५‍औं मिनेटमा रोनाल्डोले अर्को गोल थप्दै युभेन्टसले खेलको अन्त्यसम्ममा २ गोलको अग्रता कायम राख्दै खेल आफ्नो पक्षमा पारेको हो । अर्को सेमिफाइनलको पहिलो लेग आज राती नेपोली र एटलान्टाबीच हुँदैछ ।

बुधबार, २१ माघ २०७७, १३ : ४७

प्रतिक्रिया