बिहिबार तोलामा ९०० ले घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

विहीबार, २२ माघ २०७७, ११ : १३

काठमाडौं-  बिहिबार नेपाली बजारमा सुनको मुल्यमा ९०० रुपैंयाले गिरावट आएको छ ।

बुधबार प्रतितोला ९२०० हजारमा कारोबार भएको सुनको मुल्य आज तोलामा ९०० रुपैंयाले घटेर प्रतितोला ९१ हजार १०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मुल्य ९० हजार ६०० रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला १३०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । हिजो चाँदीको मुल्य १३ सय २० रुपैंया रहेको थियो ।
 

विहीबार, २२ माघ २०७७, ११ : १३

प्रतिक्रिया