काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स एसोसिएसनबीच सहमति भएको छ । घरेलु तथा साना उद्योगहरूलाई ऋण प्रवाहमा सहजीकरण गर्नका लागि सहमति भएको हो ।
महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालबीच महासंघको सचिवालयमा सहमति भएको छ ।
साथै एसएमईहरूलाई ऋण सहजीकरणदेखि अन्य क्षेत्रमा सहयोग गर्न केन्द्रमा दुवै संस्थाको एउटा कार्यदल गठन गर्ने र बिस्तारै प्रदेश तथा जिल्लास्तरमा पनि विस्तार गरिने छलफल भएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि ल्याएका राहत प्याकेजहरू कतिपय जिल्लामा लागू गर्न बैंकहरू अनिच्छुक देखिएको गुनासो महासंघको आएको थियो । दुवै संस्थाबाट भएको प्रतिबद्धताबाट समस्या समाधानमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।
प्रतिक्रिया