काठमाडौं- शुक्रबार सुनको मुल्य ह्वात्तै गिरावट आएको छ ।
बिहिबार प्रतितोला ९१ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य शुक्रबार ११०० रुपैंयाले घटेर ९० हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य भने आज ८९ हजार ५५० रुपैंया रहेको छ ।
यस्तै चाँदीको मुल्यमा भनि सामान्य गिरावट आएर १२ सय ९० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य १३ सय रुपैंया रहेको थियो ।
प्रतिक्रिया