आइपिएल : नेपालका ८ खेलाडी सहित १ हजार ९७ जना अक्सनमा

शुक्रबार, २३ माघ २०७७, १८ : २५

 इन्डियन प्रिमियर लिग ९आइपिएल० को आगामी संस्करणको अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन् ।

 फेब्रुअरी ४ सम्म रहेको आइपिएल खेलाडी कुल १ हजार ९७ जना अक्सनको दर्तामा सहभागी रहेका छन् । यसमा ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी रहेका छन् । नेपालबाट ८ खेलाडी अटाएका छन् । तर कुन कुन खेलाडी छन् भन्ने खुलाइएको छैन ।

अक्सन आगमी फेब्रुअरी १८ मा चेन्नईमा हुँदै छ । एसोसिएट २७ मध्य नेपालबाट मात्रै ८ खेलाडी परेका हुन् । आइपिएल अक्सनमा ६१ खेलाडी विक्ने छन् । एउटा टोलीमा १८ देखि २५ खेलाडी राख्न पाइन्छ । जसमा ८ भन्दा बढी विदेशी खेलाडी भने राख्न पाइदैन । अक्सनमा नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई, अमेरिका एसोसियटका खेलाडी रहेका छन् ।


 

शुक्रबार, २३ माघ २०७७, १८ : २५

प्रतिक्रिया