उद्योग परिसंघ भन्छ : अबको १० वर्ष निकै महत्वपूर्ण छ

शनिबार, २४ माघ २०७७, ११ : ३२

काठमाडौं -  मुलुकको आर्थिक सम्पन्नताका लागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने नेपाल उद्योग परिसंघले बताएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघसँगको अन्तरकृयात्मक भेटका क्रममा परिसंघ अध्यक्ष सतीश मोरले यस्तो बताएका हुन् । 

साथै उनले विगतका संकट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण सृजना गरे १० वर्षमै मुलुकले नयाँ गति लिने पनि बताए । 

कोरोना महामारिदेखि लिएर सबै खाले बिपत्तिमा पनि निजी क्षेत्र बिचलित नभई अघि बढेको भन्दै उनले यसको फाइदा लिई सम्बृद्धि हांसिल गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।

देशको आर्थिक सम्बृद्धिका लागि स्वदेशी पुँजीसंगै विदेशी लगानीको परिचाल अपरिहार्य भएको भन्दै उनले प्रक्रियागत झन्जटहरुमा सरकारले सहजीकरण गर्नुपर्ने बताए । 

शनिबार, २४ माघ २०७७, ११ : ३२

प्रतिक्रिया