रेनु दाहालले गरिन्  ‘स्टार क्रिकेट २०२१’ को उद्घाटन

शनिबार, २४ माघ २०७७, १३ : ०४

काठमाडौं - गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई सहयोग जुटाउन आज कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिता सुरु भएको छ । 

आजै सम्पन्न हुने एक दिवसीय मैत्रीपूर्ण खेलको भरतपुर महानगर प्रमुख रेनु दाहालले ब्याटिड्ग र फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बलिङ गरेर उद्धाटन गरेका हुन् ।

महानगर प्रमुख दाहालले महानगरले गौरबको आयोजना समयमै पुरा गर्न हर प्रकारको सहयोग गरिरहेकोे बताइन् । 

उनले यस गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्न आग्रह गरिन् ।


 

शनिबार, २४ माघ २०७७, १३ : ०४

प्रतिक्रिया