६ महिनामा २० अर्ब ६३ करोड बढिको मोबाइल आयात

शनिबार, २४ माघ २०७७, १६ : ५१

काठमाडौं - चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा २० अर्ब ६३ करोड बढि मूल्य बराबरको विभिन्न कम्पनीका मोबाइल हेन्डसेट आयात भएको छ । यस अवधिमा मुलुकमा ३६ लाख ६४ हजार ६ सय ३० वटा मोबाइल हेन्डसेट आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको हो । 
 
विभागको तथ्याङ्कअनुसार गत वर्षको सोही अवधिको तुलनामा झन्डै दोब्बर आयात भएको छ । गत वर्ष २०७६/७७ को पहिलो ६ महिनामा मुलुकमा ११ अर्ब ७८ करोड ८८ लाख ४९ हजार मूल्य बराबरका २९ लाख ६८ हजार ८ सय २५ वटा मोबाइल हेन्डसेट आयात भएको थियो । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात भएको मोबाइल गत आर्थिक वर्षभरीको भन्दा झन्डै २ अर्ब बढि रहेको छ । गत आर्थिक वर्षमा  नेपालमा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार मूल्य बराबरका ४३ लाख ६५ हजार ९ सय ९० वटा मोबाइल सेट आयात भएको थियो ।

शनिबार, २४ माघ २०७७, १६ : ५१

प्रतिक्रिया