६ महिनामा ११ हजार ९ सय बढि नयाँ कम्पनी दर्ता

आइतबार, २५ माघ २०७७, ११ : १७

काठमाडौं - चालू आर्थिक वर्षको मंसिरसम्म ११ हजार ९ सय बढि नयाँ कम्पनी दर्ता भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । 

प्रतिवेदनअनुसार चालु आर्थिक बर्षका समिक्षा अवधिमा ११ हजार ९ सय ७६ नयाँ कम्पनी दर्ता भएको छ । गत वर्षको सोही अवधिको तुलानामा यो दर्ता ८.७ प्रतिशतले बढी हो ।

तथ्यांकअनुसार २०७६ को साउनदेखि मंसिरसम्ममा दर्ता भएका कम्पनीको संख्या ११ हजार १६ थियो भने २०७५ को सोही अवधिसम्ममा ११ हजार २ सय ८० कम्पनी दर्ता भएका थिए ।


 

आइतबार, २५ माघ २०७७, ११ : १७

प्रतिक्रिया