काठमाडौं – नेपाल सुनचाँदी शिल्प ब्यवसासी संघको अध्यक्षमा टंक बहादुर बराईली निर्बिरोध चयन भएका छन । संघको एक कार्यकाल नेतृत्व गरिसकेका बराइलीलाई ११ औं साधारण सभा तथा ५ औं अधिवेसनले अध्यक्ष पदमा निर्बाचित गरेको हो ।
बराईलीको नेतृत्वमा १७ सदस्सीय नयाँ कार्यसमितिसमेत चयन गरेको छ । शनिवार सम्पन्न ११ औ साधारण सभा तथा ५ औ अधिवेसनबाट अध्यक्षमा निर्बिरोध चयन भएका हुन ।
प्रथम उपाध्यक्ष अर्जुन बि.क., द्वितीय उपाध्यक्ष तिलकबि.क., तृतीय उपाध्यक्ष अमर बहादुर लामिछाने, महासचिव कृष्ण पोत्रेल, सचिब युक्त बि.क., सह–सचिव तारा बि.क., कोषाध्यक्ष केशब बहादुर सुनार, सह–कोषाध्यक्ष हेमसागर गहतराज चयन भएका छन् । त्यस्तै महिला सदस्यहरुमा सम्झना शिवाकोटी, सुलोचना सापकोटा, रञ्जना मैयाँ शाक्य बज्राचार्यलाई चयन गरिएको छ भने सदस्यहरूमा तारकेल तामाङ, प्रल्हाद लामिछाने, धनभक्त सेन्चुरि, वासुदेवबि.क., त्रिलोचन बि.क. चयन भएका छन् । थप दुई जना सदस्यहरू मनोनित गर्न बाकी राखिएको अध्यक्ष बराइलीले बताए ।
अन्य पदहरु सर्वसहमतिमा चयन गरिएको थियो भने महासचिव पदका लागि दुई जनाको उम्मेदवारी परेकोले निर्वाचन मार्फत चयन गरिएको थियो । महासचिवका उम्मेदवार कृष्ण पोत्रेल र किरण बि.क.को उम्मेदवारी परेको थियो ।
प्रतिक्रिया