एजेन्सी - बार्सिलोनाका स्ट्राइकर लियोनेल मेस्सी एक दशकका सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले आइतबार दशकका सर्वोत्कृष्ट पुरुष खेलाडीको पुरस्कार पाएका हुन् ।
दी इन्टरनेसनल फेडरेसन अफ फूटबल हिस्ट्री यान्ड स्ट्याटिस्टिक्सले मेस्सीलाई शीर्ष स्थानमा राखेको छ ।
यस संस्थाले संसारभरिका १५० देशहरूले विगत एक दशकको सर्वोत्कृष्ट खेलाडीका लागि एक सर्वेक्षण गरेको थियो । उसले प्रत्येक महादेशको उत्कृष्ट खेलाडी पनि रोजेको छ ।
रोनाल्डोले यूईएफए क्षेत्रको उत्कृष्ट खेलाडीको पुरस्कार पाए भने मेस्सी संसारकै उत्कृष्ट खेलाडी घोषणा गरिए ।
अन्य शीर्ष खेलाडीमा नेयमार, सर्जिओ रामोस, म्यानुएल नोयर र जियानलुगी बुफोन लगायत छन् ।
प्रतिक्रिया