यहि साताबाट कारोबारमा आउँदै इन्फ्रास्ट्रक्चर बैंक

३ बर्ष अगाडि

माघ २ गतेबाट आइपीओ निष्कबाहन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर यही साताबाट कारोबारमा आउने भएको छ । 

नेप्सेले  बैंकको शेयर सूचीकरणको सबै प्रकृया अन्तिम चरणमा पुगेकाले यसै साता शेयर सूचिकरण हुने जनाएको हो ।

बैंकको शेयर सूचीकरणका आवश्यक सबै कागजपत्र आइसकेको र अब कागजपत्र अध्ययन गरेपछि सूचीकरणका लागि सम्झौता हुने नेप्सेले जनाएको छ । 

बैंकले माघ २ गतेदेखि ६ गतेसम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

३ बर्ष अगाडि

प्रतिक्रिया