आज साताको अन्तिम शेयर कारोबार,बढ्ने क्रमले पाउला निरन्तरता ?

२ हप्ता अगाडि

काठमाडाैं - साताको अन्तिम शेयर कारोबार हुँदै छ । मंगलबार नेप्से सूचक २५ अंकले बढेर  दुई हजारको विन्दुमा आइपुगेको छ । यसअघि १९ सय तलको विन्दुमा रहेको नेप्से सूचकले मंगलबार एक विन्दु माथि उक्लिएपछि लगानीकर्तामा पुन नयाँ आशा सञ्चार भएको छ ।

साताको अन्तिम कारोबार बजार कस्तो होला भन्ने लगानीकर्तामा चासो बढेको छ । नेप्से सूचक बढेसँगै कारोबार पनि बढेको  हाे। यस अघि ४ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ । यसले लगानीकर्तामा उत्साह भएको छ । पछिल्लो समय सरकारले ब्रोकर कमिसन घटाउने निर्णयगरेसँगै लगानीकर्तामा उत्साह थपेको सरकारले करिब १० प्रतिशतका दरले कमिसन घटाउने भएको हो । अर्को तर्फ हालै मात्र सरकारले लगानीसम्मेलन समेत सम्पन्न गरेको छ ।  यसले लगानीकर्तामा नयाँ माहोल सिर्जना गरेको छ ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया