देशमा आयत घट्दै निर्यात बढ्दै, छ महिनामा ६० अर्ब भन्दा बढीको सामान निर्यात

सोमबार, २६ माघ २०७७, १७ : ४७

चालु आवको छ महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले वृद्धि भएको छ । 

आज नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक तथा वित्तीय स्थिति अनुसार गएको छ महिनामा रु.६० अर्ब ८० करोड बराबरको वस्तु निर्यात भएको हो । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो ।  

गन्तव्यका आधारमाभारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.४ प्रतिशत र ४.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको
निर्यातमा ५०.० प्रतिशतले कमी आएकोछ । 

उता, सोही अवधीमा कुल वस्तु आयात ४.८ प्रतिशतले घटेर रु.६६१ अर्ब २५ करोड कायम
भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.० प्रतिशतले घटेको थियो ।  वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३.५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा
क्रमशः १८.५ प्रतिशत र १७.४ प्रतिशतले कमी आएको छ । 
 

सोमबार, २६ माघ २०७७, १७ : ४७

प्रतिक्रिया