इङ्ल्याण्ड टेस्ट सीरीज : भारत २ सय २७ रनले पराजित

मंगलबार, २७ माघ २०७७, १४ : ४३

इङ्ल्याण्ड टेस्ट सीरीज क्रिकेटको पहिलो खेलमा इङ्ल्याण्डले भारतलाई २ सय २७ रनले हराएको छ । चेन्नईमा भएको खेलमा इङ्ल्याण्डले भारतलाई  ४ सय २० रनको लक्ष्य दिएको थियो ।

जवाबमा भारतीय टीमले  १ सय ९२ रन मात्र जोड्न सक्यो । 

भारतका लागि कप्तान विराट कोहलीले सबैभन्दा बढी ७२ रन बनाए ।इङ्ल्याण्डका ज्याक लीच सबैभन्दा सफल बलर सावित भए ।उनले दोस्रो इनिङमा ४ विकेट लिए ।

भारतीय टीम चार वर्षपछि आफ्नै घरमा पहिलो पटक टेस्ट म्याच हारेको हो ।यसअघि २०१७ मा अस्ट्रेलियाले भारतलाई हराएको थियो ।

मंगलबार, २७ माघ २०७७, १४ : ४३

प्रतिक्रिया